site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बानेश्वरमा विपक्षी दलको बैठक, रणनीति बनाउँदै
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । विपक्षी दलको बैठक जारी छ । बानेश्वरस्थित संसद् भवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यकक्षमा बैठक बसेको हो ।

बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी छैन ।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । सदन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि दलहरू जुटेका हुन् ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्