site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध
Argakhachi Cement Island Ad

दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार बुधबार बिहान सडकमाथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो । एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ । 

सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । रासस

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्