site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आधारशिविरबाट फर्किएर प्रधानमन्त्रीलाई विश्वप्रकाशको सातबुँदे पत्र : बजेटमा ‘हिमाल देख्न पाइयोस्’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सगरमाथा ‘बेसक्याम्प’बाट फर्किएपछि बजेटमा ‘हिमाल देख्न पाइयोस्’ भन्दै पत्र लेखेका छन् । जलवायु परिवर्तनको चपेटामा हाम्रा हिमाल परिसकेको भन्दै ‘एक्सन’मा जान उनले सातबुँदे पत्र लेखेका हुन् । 

पत्रमा बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् भन्ने सुन्दर गीत भए पनि हिमालमै बस्नेहरूका लागि भने ‘सन्चले बाँच्न पाइयोस्’ भन्ने भावना हुने गरेको बताए । “सगरमाथाको काखबाट राजधानी फर्किएपछि मैले सोचेँ, बजेट बन्ने बेलामा मलाई आफ्नै क्षेत्रको चिन्ता, अर्को साथीलाई आफ्नै ठाउँको पिर तब कतै हाम्रो सान र स्वाभिमानका प्रतिक हिमालहरूको पीडामा मलम कम त पुग्ने होइन ?,” शर्माले पत्रमा भनेका छन्, “त्यसैले यो दोस्रो पत्र म यहाँलाई लेख्दै छु । बेसक्याम्पबाट पठाएको पहिलो पत्र ‘जलवायु परिवर्तन र न्यायः नेपालले गर्नुपर्छ नेतृत्व’ भन्ने विषयमा थियो । यो पत्र ‘हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षा’सँग सम्बन्धित छ ।” 

Argakhachi Cement Island Ad

उनले बजेटमा टे«किङका भरियाको बिमा, व्यावसायिक आरोहीलाई पेन्सन, बेसक्याम्पमा सञ्चार सम्पर्क स्थापित गर्ने टावर, सगरमाथाको चुचुरोसम्म हाम्रो प्रविधिको पहुँच, बेसक्याम्पमा नियमक र सहजीकरणका लागि सरकारको उपस्थिति, सडक बनाउँदा ट्रेकिङ रुटको संरक्षण र थुक्लाको झोलुंगेपुर निर्माण गर्ने बजेट सुनिश्चित गर्न उनले पत्रमा भनेका छन् ।

patra1-1748352726.jpg

patra2-1748352725.jpg

patra13-1748352725.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्