देश

काठमाडौं । म्याग्दीमा सुक्खा पहिरोमा परी एक स्काभेटर चालकको मृत्यु भएको छ ।
धवलागिरि गाउँपालिका–३, दरस्थित कुनौटोदेखि सोलबाङ जोड्ने बाटो खन्ने क्रममा खसेको ढुंगामाटोसहितको सुक्खा पहिरोमा परी प्रदेश२–०३–००१ क १५८८ नम्बरको स्काभेटर पुरिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाका ३३ वर्षीय खेमराज कुमालले ज्यान गुमाएका हुन् । मंगलबार (जेठ १३) बिहान घटनास्थमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ १७:४२
प्रतिक्रिया दिनुहोस्