-1748345178.png)
काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि 'इज अन वालेट'को घोषणा गरेको छ । बजेट घोषणाअघि (जेठ ११ देखि १५ गते)सम्म चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउनेछन् । यो अफर नेपालभरका सबै नामी र सेरेस सोरूमहरूमा सञ्चालन भइरहेको छ । जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर तथा सुविधाहरूको लाभ लिने र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउने कम्पनीको भनाइ छ ।
यो सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्नेछन् । यसमा चार्जिङका लागि सात किलोवाट प्लस ३.५ किलोवाट चार्जर, एक वर्षको अटो–प्लस बिमा, र एक वर्षको सवारी कर समावेश छन् । थप रूपमा, ग्राहकहरूले निःशुल्क एसेसरिज, प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार र हरेक बुकिङमा माउन्टेन फ्लाइट प्राप्त गर्नेछन् ।
उत्साह थप्दै, चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टर राइड जित्ने अवसर पनि पाउनेछन् ।
यो अफर सीमित समयको लागि मात्र मान्य छ । इच्छुक ग्राहकहरूलाई मूल्य बढ्नुअघि आफ्नो नजिकको नामी र सेरेसको सोरूम वा अधिकृत डिलरमा गई यी विशेष सुविधाहरूको लाभ लिन सक्नेछन् ।