site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘नवरत्न विट मसाज २०२५’ को शुभारम्भ

काठमाडौं । भारतको पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनीमध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालमा ‘नवरत्न विट मसाज २०२५’ को शुभारम्भ गरेको छ । अभियान जेठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने छ । यस अभियानअन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुन र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क दुई मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ । यसबाट हजारौँ उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडिबुटीको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्ने कम्पनीको दाबी छ ।

Argakhachi Cement Island Ad

अभियानमा खटिएका दुई टोलीले दैनिक एकसय किलोमिटरभन्दा बढी यात्रा गर्नेछन् । उनीहरूले अन्तर्क्रियात्मक स्टलहरू, सवारीसाधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू र दुई मिनेट च्यालेन्ज, कुल पर्फमेन्स जस्ता विभिन्न खेलहरूमार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन् ।

यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६० हजारभन्दा बढी उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । जसमा १२ हजार बढी वेट स्याम्पलिङ (मसाज) र ३० हजार बढी ड्राइ स्याम्पलिङ (स्यासे वितरण) समावेश छन् । “नवरत्न विट मसाज २०२५ मार्फत उपभोक्ताहरूलाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौँ । यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउनेछ,” नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले अभियानबारे भने ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्