site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘फर्जी कार्ड’ भेटिएपछि रोकिएको मतदान पुनः सुरु

पोखरा । राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि बिहान १० बजेदेखि मतदान जारी छ । पोखरा सभागृहमा भइरहेको मतदानका क्रममा ‘फर्जी कार्ड’ भेटिएपछि केहीबेरका निम्ति मतदान रोकिएको थियो ।

अध्यक्षका आकांक्षी सुमन पुरीले सामाजिक सञ्जालमा नै फर्जी कार्डसहितको तस्बिर सार्वजनिक गर्दै आपत्ति जनाएका थिए । अहिले भने मतदान जार छ ।

Argakhachi Cement Island Ad

निर्वाचनमा रौतहटका प्रतिनिधि शेख जैद आलमको कार्डमा अर्कैले फोटो राखेर भोट हाल्न खोजेपछि अन्य प्रतिनिधिले उनलाई रोकेका थिए । 

यो प्रकरणपछि डिजिटल कार्डधारी प्रतिनिधिलाई मात्र भोट हाल्न दिइएको छ । हस्तलिखित कार्डको हकमा भने छलफलपछि निर्णय हुने निर्वाचन आयोगले जनाएको छ ।

फर्जी प्रतिनिधिबारे सामाजिक सञ्जालमा पुरीले लेखेका छन, “स्वस्थ प्रतिस्पर्धा यही हो त ? एकजना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ । कार्डमा फोटो टाँसिन्छ। त्यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ ।”

उनले थपेका छन्, “पछि ‘प्रतिनिधि व्यवस्थापन’ले फेरि अर्को कार्ड बनाएर पठाउँछ । यो के हो ? हारको डरले ? यति गम्भीर बेइमानी, अनि पनि जित्नुपर्छ भन्ने लोभ ?”

बिहान १० बजेबाट सुरु भएको मतदानमा हालसम्म एक हजार ५७ जनाले मतदान गरेका छन् । महाधिवेशनमा कुल १७६४ प्रतिनिधि छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्