site stats
बाह्रखरी :: Baahrakhari
देश
ओमानले घोषणा गर्‍यो ‘ग्रेस पिरियड’, अवैध नेपाली जरिवाना नतिरी स्वदेश फर्कन पाउने

काठमाडौं । ओमान सरकारले त्यहाँ रहेका अवैध विदेशीलाई स्वदेश फर्काउने उद्देश्यले ‘ग्रेस पिरियड’ (स्वदेश फिर्तीको लागि छुट अवधि) घोषणा गरेको छ । ओमान सरकारको घोषणासँगै त्यहाँ रहेका अवैध नेपाली कामदारले जरिवाना नतिरी स्वदेश फर्कने अवासर पाएका छन् ।

“ओमान सरकारले तीन महिनाका लागि ग्रेस पिरियड घोषणा गरेको छ । यो भनेको यहाँ रहेका अवैध विदेशीलाई जरिवाना नतिरी स्वदेश फर्कन दिइएको विशेष अवसर हो । जुलाई अन्तसम्म यो अवसर दिइएको छ,” ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले बाह्रखरीसँग भने ।

Argakhachi Cement Island Ad

राजदूत अर्यालका अनुसार, ओमानमा हाल २२ हजार नेपाली वैध कामदार छन् । ओमानमा अवैध नेपाली कामदारको संख्या दुई हजारको हाराहारीमा रहेको अनुमान छ ।

“यहाँ दुई हजारजति नेपाली अवैध रहेको हाम्रो अनुमान छ । उनीहरूलाई यो नेपाल फर्कन विशेष अवसर हो,” राजदूत अर्यालले भने । 

उनले अवैधरूपमा बसोबास गरेका नेपालीलाई ओमान सरकारले आह्वान गरेको ग्रेस पिरियडको सदुपयोग गर्न अनुरोध गरेका छन् ।

नेपाली दूतावासले ओमान सरकारले उपलब्ध गराएको वेबसाइटमा गएर आफ्नो विवरण टिपाउन त्यहाँ रहेका अवैध नेपालीलाई आग्रह गरेको छ । दूतावासले नेपाली समुदायसँग मिलेर अवैध कामदारलाई स्वदेश फिर्ता गराउन सहजीकरण पनि गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्