site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा ट्याक्टरको ठक्करबाट दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, फूलचोकमा ट्याक्टरको ठक्करबाट सोमबार (जेठ १२) दुईजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

ठक्करबाट इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी गम्भीर घाइते भएका थिए । दुवैजनालाई उपचारका निम्ति सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा सर्पराजको दिउँसो १ः५० बजे र महजितको २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्