
काठमाडौं । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन ‘नो कम्प्रोमाइज’को दोस्रो संस्करण सार्वजनिक गरेको छ । जनचेतनामूलक सन्देशसहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको छ ।
शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओ.पी.सी. सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
गुणस्तरको कारणले नै शिवम् सिमेन्टले, सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथम पुरस्कारबाट सम्मानित समेत भएको बताइएको छ ।
शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार, यस क्याम्पेनअन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्रीहरू समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जाने छन् ।
शिवम् सिमेन्टले केवल उत्पादनको प्रचारमा मात्र केन्द्रित नभइ सामाजिक सन्देशहरू प्रस्तुत गर्ने शैली अपनाउँदै आएको छ ।