
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाएको टिप्पणी गरेका छन् । सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
राजतन्त्र फर्काउने भनेर नचाहिने कुरा गर्दै हिँडिरहनु उचित नहुने उनको भनाइ छ । उनले ज्योतिषीहरू पात्रो पल्टाएर हजुरबुबा नभए नाति त पक्कै राजा हुन्छ भन्दै हिँड्ने गरेको बताए । राजतन्त्र समर्थकहरू राजा ल्याउने भन्दै सडकमा आएर तमासा देखाइरहेको उनको भनाइ छ ।
"अर्कोथरी फेरि चाहिने नचाहिने कुरा गरेर कोही ज्योतिषी अब यसो पल्टाएर हुन्छ, हुन्छ भन्यो । अर्को निस्किन्छ, अर्को पात्रो पल्टाउँछ, हजुरबाउ भएन भने नाति त पक्कै भन्छ फेरि । त्यसो भए हिँड भाइ हो सडकमा भन्छ अर्काले । यो खालको तमासा पनि त्यसै दिन आइहाल्यो," उनले भने ।
जेठ १५ गते राजावादीहरूले राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन गर्दै छन् । जसलाई लिएर प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । न्युज एजेन्सी नेपाल