राजनीति
सत्ता सञ्चालकबाटै गणतन्त्रमाथि खतरा छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सत्ता सञ्चालकबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले सत्तारुढ दलका अकर्मण्यताका कारण व्यवस्थामाथि प्रश्न उठेको बताए ।
“गणतन्त्रमाथि खतरा कहीँबाट छ भने सत्ता सञ्चालबाट छ । उनीहरूले गरेको अकर्मण्यताका कारणले, नीतिहिनताका कारण, जनता र राष्ट्रका विपरीत कदम चाल्नुको कारणले आजको यो परिस्थिति आइरहेको छ,” उनले भने ।
उनले राजावादीहरूले ज्ञानेन्द्रलाई सत्तामा राख्ने दिउँसो देखेको सपना मात्रै भएको टिप्पणी गरे । ठूला दल र उनीहरूलाई टेको दिनेहरूका कारण खतरा आएको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १२:२२
प्रतिक्रिया दिनुहोस्