site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा आज दिउँसो यी ठाउँमा हुन सक्छ ट्राफिक जाम

काठमाडौं । आज बिहीबार बिहानैदेखि काठमाडौंमा सवारी आवागमन असहज बनेको छ । काठमाडौंकेन्द्रित विभिन्न कार्यक्रमका कारण ट्राफिक व्यवस्थापन असहज बनेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले सडकमा विभिन्न कार्यक्रम हुने भएकाले बिहानैदेखि ट्राफिक व्यवस्थापनमा चुनौती आएको बताए ।

Argakhachi Cement Island Ad

“अहिले सैनिक मञ्चमा गणतन्त्र दिवस मनाइँदै छ । बिहान केहीबेर राष्ट्रपति कार्यालयदेखि टुँडिखेलसम्म एकतर्फी मात्रै सडक सञ्चालन गरेका थियौँ । आज दिउँसो एमाले र राजवादीको कार्यक्रम छ । को कताबाट निस्किने केही सूचना छैन । आवश्यकताअनुसार, सवारी डाइभर्सन हुनसक्छ,” गिरीले भने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार, एमालेलाई दिउँसो २ बजेसम्म र त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिइएको छ ।

दुवैको प्रदर्शन काठमाडौंको शान्तिवाटिका, भृकुटीमण्डप, सहिदगेट र रत्नपार्ककेन्द्रित हुने बताइएको छ । सो क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्