site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुन्छ : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । सोमबार (जेठ १२) काठमाडौंमा आयोजित ‘युवासँग राप्रपा कार्यक्रम’मा उनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिए ।

भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट हालको व्यवस्था हटाएरै छाड्ने उनले दृढता व्यक्त गरे । “यो नाथे गणतन्त्र दुई दशक पुगेको छैन, शान्तिपूर्ण ढंगले नै हामी लाखौँ जनता सडकमा आयौँ भने एकैदिनमा समाप्त हुन्छ,” उनले भने, “हामीले एउटा ढुंगा हान्नु पर्दैन ।”

Argakhachi Cement Island Ad

वर्तमान व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको उनले बताए । यही अवस्था रहे वर्षौंसम्म पनि अनुभूति हुने गरी परिवर्तन महसुस गर्न नपाइने उनको भनाइ थियो ।

उनले देश बिग्रिए केपी शर्मा ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहाल ‘प्रचण्ड’को केही नबिग्रने टिप्पणी गरे । युवाको भविष्य भने बिग्रने भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष लिङदनेले हालका दलबाट देश थप जटिल अवस्थामा पुग्ने जिकिर गरे । समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने उनले धारणा व्यक्त गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्