site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्पेनिस राष्ट्रिय टिममा बार्सिलोनाका ६ खेलाडी, रियालका परेनन्

काठमाडौं । यूईएफए नेसन्स लिगका निम्ति घोषित स्पेनको राष्ट्रिय टिममा बार्सिलोनाका ६ खेलाडीले स्थान बनाएका छन् । 

स्पेनिस फुटबल संघले सोमबार सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा क्याटालन क्लब बार्सिलोनाका ६ खेलाडी समावेश हुँदा रियाल मड्रिडबाट भने कुनै पनि खेलाडीले स्थान बनाउन सकेनन् ।

Argakhachi Cement Island Ad

स्पेनको यो टोलीमा बार्सिलोनासँगै आर्सनल, एथ्लेटिक बिल्बाओ, बर्नमाउथ, बायर लेभरकुजेन, चेल्सी, एट्लेटिको मड्रिड, पोर्टो, गालातासेर, पीएसजी, सेल्टा भिगो, रियाल बेटिस, रियाल सोसिडाड, टोटनहम र भियारियालका खेलाडीले स्थान बनाएका छन् ।

टोलीमा बार्सिलोनाका लामिन यमल, ड्यानी ओल्मो, पाउ कुबार्सी, पेड्री, फेर्मिन लोपेज र गाभीले स्थान बनाएका छन् ।

स्पेनले नेसन्स लिगको सेमिफाइनलमा जुन ६ मा फ्रान्सविरुद्ध खेल्ने तालिका छ ।

स्पेनको टोली–
उनाई सिमोन, डेविड राया, एलेक्स रेमिरो, पेड्रो पोरो, मिकेल मेरिनो, निको विलियम्स, ड्यानी भिभियन, डिएन हुइसेन, एलेसान्ड्रो ग्रिमाल्डो, मार्क कुकुरेया, रोबिन ले नोर्मान्ड, लामिन यमल, ड्यानी ओल्मो, पाउ कुबार्सी, पेड्रो गोन्जालेज (पेड्री), फेर्मिन लोपेज, पाब्लो पाइज गाभिरा (गाभी), सामु अहेहोवा, अल्भारा मोराटा, फाबियन रुइज, ओस्कार मिन्गुइजा, फान्सिस्को एलार्कोन (इस्को), मार्टिन जुबिमेन्डी, मिकेट ओयारजाबाल, एलेक्स बाइना, यरेमी पिनो

uaei-(2)-1748254070.png
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्