site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा इजरायली हवाई हमलामा ५४ जनाको मृत्यु

काठमाडौं । गाजामा इजरायलले गरेका दुई अलग–अलग हवाई हमलामा परी कम्तीमा ५४ जनाको मृत्यु भएको चिकित्सक र नागरिक सुरक्षा अधिकारीहरूले बताएका छन् ।

यो हमला गाजाको एक विद्यालयलाई निसाना बनाएर आइतबार राति गरिएको दाबी छ । यो विद्यालयमा सयौँ विस्थापित व्यक्तिहरू बसोबास गर्दै आइरहेका थिए ।

Argakhachi Cement Island Ad

गाजामा हमासले सञ्चालन गरिरहेको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ताले विद्यालय परिसरबाट बच्चाहरूसहित २० जनाको शव बरामद गरिएको बताएको बीबीसीले जनाएको छ ।

प्रवक्ताका अनुसार, बस्न प्रयोग गरिने दुई कोठामा आगलागीका कारण धेरै व्यक्तिहरूको जलेर मृत्यु भएका थिए । 

इजरायली सेनाले भने उसले मध्यगाजामा रहेको हमासको कमान्ड केन्द्रमा आक्रमण गरेको बताएको छ । 

हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले बताएअनुसार विद्यालयमा हमला गर्नुअगाडि, मध्यगाजाको एक घरमा इजरायली हवाई हमला भएको थियो । यसमा चारजनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्