देश

काठमाडौं । राजावादीको प्रदर्शनक्रममा काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा एक लाख ६० हजार ३४० रुपैयाँबराबरको भौतिक क्षति भएको जनाइएको छ ।
कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले तोडफोडमा संलग्नमाथि कारबाही र उक्त क्षतिपूर्ति उपलब्ध गराइदिन प्रहरीमा निवेदन दिएको थियो । गएको चैत १५ गते राजावादीको प्रदर्शनक्रममा उक्त कार्यालयमा समेत ढुंगामुढा गरिएको थियो । ढुंगामुढाबाट कार्यालयका सीसीटीभी, झ्यालमा क्षति पुगेको थियो ।
उक्त रकम मागदाबीसहितको अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालयले आइतबार (जेठ ११) काठमाडौं जिल्ला अदालतमा दायर गरेको छ । उक्त मुद्दामा ६५ जनालाई अभियुक्त बनाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ २१:३८
प्रतिक्रिया दिनुहोस्