site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीको सीसी क्यामेरा तोडफोडमा राजावादीबाट पौने ११ लाख क्षतिपूर्ति दाबी
Argakhachi Cement Island Ad

काठमाडौं । सडकका सीसी क्यामेरा तोडफोडमा राजावादीसँग झन्डै पौने ११ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको छ । गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शनक्रममा उनीहरूले सडकका सीसी क्यामेरा तोडफोड गरेको भन्दै उक्त क्षतिपूर्ति दाबी गरिएको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सार्वजनिक सडक सुरक्षाका निम्ति राखिएका सीसी क्यामेराहरू आन्दोलनमा सहभागीले तोडफोड गरेको भन्दै १० लाख ७१ हजार १४ रुपैयाँको क्षतिपूर्ति दाबी गरिएको छ । उक्त दाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले आइतबार (जेठ ११) काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्