site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले भन्यो– पर्सिको संसद् बैठक सामान्य हुनेछैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंगलबार (जेठ १३ गते)को संसद् बैठक सामान्य नहुने बताएको छ । आइतबार केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

“कसैलाई अभियुक्त बनाएकै आधारमा थुनामा हालिएको छ । तर, कसैलाइ आरोप लागेपछि प्रमाणित भएमात्र राजीनामा दिनुपर्ने ?,” दोहोरो मापदण्ड हुन नहुने भन्दै झाले भने, “कि नयाँ पार्टीकालाई आरोप लागे पुग्ने, पुराना पार्टीकालाई प्रमाणित हुनुपर्ने हो ?” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संसद्को आगामी बैठक सामान्य नहुने बताए । “म तपाईहरूलाई रास्वपाले के गर्छ भनेर अहिले नै भन्न चाहन्नँ,” संसद् बैठकमा के गर्नुहुन्छ भन्ने प्रश्नमा झाले भने, “तर, यति चाहिँ भन्छु– पर्सिको बैठक सामान्य हुनेछैन ।”

रास्वपाले गृहमन्त्री रमेश लेखक विवादमा मुछिएको विषयलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्