site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : वाग्ले
फाइल तस्बिर ।

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्च अदालतको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

शनिबार (जेठ १०) चितवनमा पार्टीको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटनक्रममा उनले न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँमा एकजुट भएर लाग्ने बताए । “हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति आर्जन गर्दै अगाडि बढ्नुपर्छ,” उनले भने, “विधिको शासनमा विश्वास गर्ने भएकाले अमर्यादित टीकाटिप्पणी नगरी राजनीतिक रूपमा लडाइँको मैदानमा अगाडि बढ्ने संकल्प गर्छाैं ।”

Argakhachi Cement Island Ad

उपसभापति वाग्लेले सभापति लामिछानेको मुद्दा राजनीतिक भएको जिकिर गरे । आउँदा दिनमा पार्टीले नयाँ रणनीति बनाएर अघि बढ्ने उनले बताए । “केन्द्रीय समितिको बैठक आइतबार बस्दै छ । संसद् र सभाहरूमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरेर विधिवत् रूपमा अगाडि बढ्छौँ,” उनले भने ।

अब पनि पार्टी सभापति रवि लामिछाने नै भएको उनले बताए । उनले आउँदा दिनमा बहुमत ल्याएर लामिछानेलाई नै प्रधानमन्त्री बनाउने संकल्प गरिरिएको सुनाए । रासस

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्