site stats
बाह्रखरी :: Baahrakhari
देश
लुम्बिनी र कर्णालीमा बिहानैदेखि भारी वर्षा, काठमाडौंमा मध्यम वर्षा हुने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षा हुनेछ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थामनमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

“लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने । 

Argakhachi Cement Island Ad

उनका अनुसार काठमाडौंमा बिहान मौसम सफा भए पनि दिउँसो वर्षा हुनेछ । “राति पानी परे पनि बिहान मौसम सफा छ । तर, दिउँसो बदली भएर पुनः वर्षा हुनेछ,” उनले भने, “काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।”  

मौसमविद् अधिकारीका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मौसमविद् अधिकारीले कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च–पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०७:०३
प्रतिक्रिया दिनुहोस्