site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले दायर गर्‍यो मुद्दा

काठमाडौं । हार्वर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्ध लगाएको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । यसअघि, अमेरिकी गृह सुरक्षासचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी थिइन्, "प्रशासनले हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम कानुनको पालना गर्न असफल भएको कारणले निलम्बन गरेको छ ।"

हार्वर्ड विश्वविद्यालयले एक विज्ञप्तिमा ट्रम्पको कदमलाई 'अवैध' भनेको छ ।

Argakhachi Cement Island Ad

ट्रम्प प्रशासनको यो निर्णयले हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असर गर्न सक्छ ।

हार्वर्ड विश्वविद्यालयको तथ्यांकअनुसार, गत शैक्षिक वर्षमा ६ हजार सात सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भर्ना लिएका थिए । यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्