देश

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा भूकम्पीय सुरक्षा र आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । त्यसक्रममा प्रतिकार्यका कार्यहरू गरिएको नगरपालिकाको विपद् व्यवस्थापन इकाइका प्रमुख दिनेश थापाले जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख एवं स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक जीवन खत्रीले यसप्रकारको अभ्यासले विपद्को अवस्थामा कसरी काम गर्ने भन्ने ज्ञान प्रदान गरेको बताए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सबैको साझा विषय भएको उनले उल्लेख गरे । सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र स्थानीयबीचको सहकार्य र समन्वयले मात्र विपद्बाट सम्भावित क्षतिको न्यूनीकरण र तत्काल प्रतिकार्य गर्न सम्भव हुने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ १०:१३
प्रतिक्रिया दिनुहोस्