site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शिवम् सिमेन्टको ‘थ्रिल’ भरिएको टीभीसी, के आउँदै छ नयाँ ?

काठमाडौं । नेपाली बजारमा ‘गुणस्तरको मामलामा नो कम्प्रोमाइज’ भन्ने नारासहित पहिचान बनाएको शिवम् सिमेन्टले पुनः ‘थ्रिल’ दिलाउने टीभीसी सार्वजनिक गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको नयाँ विज्ञापन ‘थ्रिल’ले भरिएको छ, त्यो हेर्दा कुनै नयाँ सिनेमाको ट्रेलर वा थ्रिलर वेबसिरिजको टिजरझैँ लाग्छ ।

सार्वजनिक टीभीसीमा गाडीमा आएका एक व्यक्ति आक्रामक देखिन्छन् । ट्राफिक प्रहरी हेरिरहेका हुन्छन् । एक व्यक्तिले मोबाइलमा भिडियो रेकर्ड गरिरहेको र कुनै व्यक्तिलाई अस्पताल लगिएको देखिन्छ ।

शिवम् सिमेन्टले पछिल्लो समय केवल निर्माण सामग्रीको विज्ञापन मात्र नभई सामाजिक सन्देश बोकेको सशक्त कन्सेप्टमार्फत आफ्नो पहिचान बलियो बनाउँदै आएको छ । यसअघि सार्वजनिक गरिएको ‘नो कम्प्रोमाइज’ अभियानले उपभोक्ताको अधिकार, सामाजिक जिम्मेवारी र मूल्यबोधका विषयमा स्पष्ट सन्देश दिएको थियो । यो अभियानले विज्ञापन मात्र नभई जनचेतनाको अभियानझैँ रूप लिएको थियो ।

नयाँ विज्ञापनले पनि यही परम्परालाई अझ सशक्त रूपमा अगाडि बढाउने हो वा अन्य केही भन्ने बारेमा स्पष्ट छैन । सस्पेन्स, गति र भावनाले भरिएको यो टीभीसी हेर्दा दर्शकलाई कुनै हलिउड–बलिउडको थ्रिलिङ चलचित्र हेरेको भान हुन्छ । कम्पनीले यसरी विज्ञापनलाई सिर्जनात्मक ढंगले प्रस्तुत गरेर प्रोडक्ट प्रमोसनलाई मात्र सीमित नराखी सामाजिक सन्देश प्रसारणमा पनि उत्तिकै ध्यान दिएको देखिन्छ ।

शिवम् सिमेन्टका विज्ञापन सधैँ फरक ढंगले प्रस्तुत हुने गरेका छन् । चाहे त्यो प्रविधिको प्रयोग होस् वा कथावस्तुको गहिराइ, कम्पनीले आफ्ना सन्देशलाई दर्शकसम्म पुर्‍याउन सधैँ नवीनतम उपाय खोजेको छ । यसरी विज्ञापनको माध्यमबाट सामाजिक मूल्य, चेतना र जिम्मेवारीको भाव समेत दर्शकमा भर्न सफल कम्पनीका प्रयासले ‘ब्रान्ड’लाई ‘अभियान’मा रूपान्तरण गरेको कम्पनीको भनाइ छ ।

यस्तो विज्ञापन प्रवृत्तिले नेपाली बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गर्न सकिन्छ । किनभने, जब कुनै ब्रान्डले केवल व्यापारिक लाभभन्दा पर गएर समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राख्छ, त्यसले दीर्घकालीन विश्वास निर्माण गर्ने कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक प्रयासलाई निरन्तरता दिँदै सामाजिक रूपमा जागरुक र उत्तरदायी विज्ञापन संस्कृतिको विकासमा अग्रणी भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्