-1747906544.jpg)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाँकेको कोहलपुर नगरपालिका–११ लाई शवदाह गृह निर्माणका लागि सहयोग प्रदान गरेकोे छ । संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत बैंकले यो सहयोग गरेको हो ।
कोहलपुर नगरपालिका–११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शवदाह गृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन् ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।