site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चारजना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले २१ लाख ६३ हजार ८६५ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्यिारले मुद्दा दायर गरेका अन्यमा बाँफिकोट गाउँपालिकाका प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा, पिपलकाँडा मेलगैरी सडक आयोजनाको निर्माण कार्य गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा र उक्त कम्पनीका प्रोपाइटर शान्तबहादुर बस्नेत छन् ।

दायर गरिएको मुद्दामा प्रत्येकसँग २१ लाख ६३ हजार ८६५ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

बाँफिकोट गाउँपालिका वडा नं. २ मा पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले निर्धारित मापदण्डविपरीत निर्माण कार्य गरी २१ लाख ६३ हजार ८६५ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्