site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्माण कम्पनीले पोखरामा उडान भयो भनेर भ्रम छर्‍यो :  लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले निर्माण प्रक्रियामा व्यापक आर्थिक अनियमितता देखिएको बताएका छन् । सार्वजनिक लेखा समितिमा भएको छलफलमाउनले अध्ययनका क्रममा ठेक्का प्रक्रियामै ठूलो हिनामिना भेटिएको दाबी गरे । 

“हाम्रो अध्ययनले देखाएको छ कि निर्माणक्रममा ठूलो आर्थिक अनियमितता भएको छ,” उनले भने, “कतिपयले अध्ययन नगरी स्वार्थका लागि मात्रै कुरा उठाएका छन् । तर हामीले तथ्य, कागजातका आधारमा विश्लेषण गरेका छौँ ।”

लिङदेनले प्राविधिक विषयहरू सम्बन्धित निकायमार्फत अध्ययन गरेर टुंगो लगाउनुपर्नेमा जोड दिए । “हामीले निर्णय गर्ने होइन, सम्बन्धित निकायलाई कारबाहीका लागि निर्देशन दिने हो,” उनले स्पष्ट पारे ।

उनले गोरखापत्र दैनिकमा प्रकाशित एउटा सूचनाप्रति गम्भीर आपत्ति जनाएका छन् । “निर्माण कम्पनीले एउटा सार्वभौम संसद्ले गरेको अध्ययनमाथि निकै तल्लो भाषामा प्रतिक्रिया दिएको छ,” उनले भने, “पोखरामा यति यात्री आवतजावत गरे भन्ने भ्रमपूर्ण सूचना सार्वजनिक गरिएको छ । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।”

लिङदेनले सूचनामार्फत संसद्को गरिमा खल्बल्याउने प्रयास गरिएको भन्दै सम्बन्धित निकायले यस विषयमा तुरुन्त छानबिन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्