अर्थ व्यवसाय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले करिब पाँच हजार मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए)का लागि आह्वान गरेको छ । प्राधिकरणले नदी प्रवाही (आरओआर)तर्फ १८५८.९१ मेगावाट र अर्धजलाशय (पीआरओआर)तर्फ ३१०७.४३ मेगावाटको पीपीए खुलाएको हो ।
प्राधिकरणले ०८१ चैत १२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत् आयोजना तथा १० मेगावाटभन्दा बढी क्षमताका आयोजना पीपीएका लागि सूचना जारी गरेको छ ।
ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न गरेका आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
सरकारको १० वर्षमा २८ हजार ५०० मेगावाटको लक्ष्य पूरा गर्न पनि पीपीए खुलाइएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १७:४८
प्रतिक्रिया दिनुहोस्