अर्थ व्यवसाय

काठमाडौं । विसं २०५८ सालमा बाहिरी चक्रपथको अवधारणा ल्याए पनि अझै आयोजना सुरु भएको छैन । तर, आयोजना सुरु नै नभई आयोजनाको प्रशासनिक काममा हालसम्म १५ करोड ४३ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ ।
आज सार्वजनिक महालेखापरीक्षकको प्रतिवेदनमा आयोजना कार्यान्वयन सम्बन्धमा सहरी विकास मन्त्रालयले नीतिगत स्पष्टता ल्याउनुपर्नेमा जोड दिइएको छ ।
सरकारले २०६०/६१ मा प्रतिआना पाँच लाख रुपैयाँ दरले ५० मिटर फराकिलो ७१.९६ किलोमिटर सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्न ५६ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १६:१३
प्रतिक्रिया दिनुहोस्