site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजामती विधेयकप्रति प्रचण्डले भने– संसद्‌मा चलखेल हुने गरेको छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती विधेयक प्रतिनिधिसभाको कार्यसूचीमा राखेर हटाउँदा चिन्ता बढेको बताएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्डले समितिबाट पारित भएर गएको विधेयक फुल हाउसमा पुग्दा चलखेल हुने गरेको आरोप लगाए ।

“विधेयक सहमति वा मतदानमार्फत समितिबाट  पारित गर्छाैं । पारित गरेका विधेयकका प्रस्तावमा फुल हाउमा पुग्दा चलखेल हुने गरेका छन्,” उनले भने, “कार्यसूचीमा चढेर हटाउँदा चिन्ता बढेको छ । संघीय निजामती विधेयक धेरै मिहिनेत गरेर सदन पुर्‍याएको हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले निजामती र विद्यालय शिक्षा विधेयकमा छेडखानी नगर्न आग्रह गरे । “अलि बढी चिन्ता भएको छ,  त्यसै टारिने त होइन । विधेयकमाथि डिले गर्ने, छेडखानी नहोस् । यहाँबाट पारित भएको विधेयक”, प्रचण्डले भने ।

उनले केही संवेदनशील र महत्वपूर्ण विधेयक पारित गर्न केही लचिलो भएर सरकारसँग सहमति गरेको समेत सुनाए ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्