
काठमाडौं । नेकपा (एमाले)का सांंसद वासुदेव घिमिरेले संसदीय समितिबाट सर्वसम्मत पारित भएका विधेयक सदनमा रोकिने गरेको विषयमा प्रश्न उठाएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद घिमिरेले पछिल्लोपटक निजामती विधेयक सदनमा अगाडि नबढेको विषयमा प्रश्न उठाए ।
कर्मचारीको अवकाशपछि संवैधानिक नियुक्तिका लागि दुई वर्ष पर्खिनुपर्ने 'कुलिङ पिरियड'को प्रावधान विवादले निजामती विधेयक सदनमा रोकिएको छ । प्रावधानप्रति कर्मचारीको दबाबले हटाउन खोजिएको चर्चा छ ।
यसबारे सांसद घिमिरेले भने, "समितिबाट सर्वसम्मत भएको विधेयक माथि गएर किन अड्किएको छ ? समितिबाट गएको मुलभूत कुरा तलमाथि हुँदै छ भन्ने छ । तर, तलमाथि हुँदैछ भन्ने त्यो अवफाह हो कि के हो ?"