site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन वर्षपछि सशस्त्र प्रहरीको आईजीपी हुने गरी को होलान् एआईजीमा बढुवा ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । तीन हप्ताअघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले अवकाश पाएपछि रिक्त भएको एआईजीका लागि प्रतिस्पर्धी डीआईजी दौडधुपमा छन् । अझ यो पटक एआईजीमा बढुवा हुने अधिकारी सशस्त्र प्रहरी बलको नतृत्वमा नै पुग्ने भएपछि बढुवा पेचिलो बनेको हो ।

सशस्त्र प्रहरी बलले एआईजीमा बढुवाका लागि आवेदन खुला गरिसकेको छ । गौतम अवकाशमा गएलगत्तै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एआईजी बढुवाका लागि सम्भावित डीआईजीहरूबाट आवेदन आह्वान गरेको थियो । तर, सूचना प्रकाशित भएको दुई साता भए पनि एआईजीको बढुवा हुनसकेको छैन । 

एआईजीको बढुवा गृहसचिव नेतृत्वको बढुवा समितिले गर्ने प्रावधान छ । तर, यहीबीच गृहसचिव देशबाहिर गएका कारण बढुवा प्रक्रिया रोकिएको सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् ।

आइतबार भने गृहसचिव गोकर्णमणि दवाडी देश फर्किसकेका कारण यही साता बढुवा गर्ने तयारी थालेको छ । 

सीमा विभाग प्रमुख गौतमको अवकाशपछि सीमा विभाग निमित्तका भरमा चलेको छ । नेपाली सेनाबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका गौमत एक्ला अधिकारी थिए । उनी वैशाख २ मा अवकाशमा गएका हुन् ।

उनको अवकाशपछि हाल डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भू सुवेदी प्रतिस्पर्धामा छन् । उनीहरूबाहेक सशस्त्र प्रहरी बलको पहिलो ब्याच सि.न–१ एक को टोली समेत प्रतिस्पार्धामा छन् ।

एकै वर्ष कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ २०५६ मा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका थिए । उनीहरू सशस्त्र प्रहरी बलको स्थापना हुँदा एक तह माथिको बढुवा लिँदै प्रवेश गरेका अधिकारी हुन् । त्यस्तै शम्भू सुवेदी २०५४ मा प्रहरीमै भर्ना भएर सशस्त्रमा प्रवेश गरेका हुन् ।

तर, सशस्त्रमै भर्ना भएका टोलीभन्दा उनीहरू दुई वर्ष अघि नै डीआईजी भएका कारण चारजना मध्येबाट नै एआईजीमा बढुवा हुने सम्भावना बलियो छ । 

सशस्त्रले २०५९ मा पहिलोपटक सशस्त्र प्रहरी निरीक्षकमा भर्ना लिएको थियो । त्यो बेला भर्ना भएका नौ जनामध्ये हाल ६ जना डीआईजी छन् ।

तर, हाल मुख्य प्रतिस्पर्धीहरू डीआईजीको चारवर्षे कार्यकाल पूरा गरेर घर जान लागेका बेला सरकारले एक वर्ष कार्यकाल थप गर्दा रोकिएका थिए । उनीहरूको कार्यकाल सरकारले गएको पुसमा थप गरेको थियो ।

हाल एआईजीमा बढुवा भएका अधिकारी सशस्त्र प्रहरी बलको नेतृत्व आईजीपी बन्नेछन् भने बाँकी तीनजना भने आगामी पुसमा डीआईजीबाट नै अवकाशमा जानेछन् ।

सशस्त्र प्रहरी बलमा जेष्ठताका आधारमा एआईजी बढुवा भयो भने डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भू सुवेदीमध्येबाट नै एकजना भावी आईजीपी हुनेछन् ।

डीआईजीको एक नम्बरमा कमल गिरी छन् । उनीहरू चारजनामध्ये एकजना एआईजी हुँदा सशस्त्र प्रहरी बलको आईजीपी बन्नेछन् । तर, त्यसका लागि भने २०८५ सालसम्म कुर्नुपर्ने हुन्छ ।

हाल सशस्त्र प्रहरीमा नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा एक तह बढुवा भएर प्रवेश गरेका अधिकारीले मात्रै सशस्त्र प्रहरी बलको कमान्ड सम्हालेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro