
काठमाडौं । हमासले आफ्नो कब्जामा रहेका अमेरिकी नागरिक र इजरायली सैनिक एडन एलेक्जान्डरलाई रिहा गर्ने घोषणा गरेको छ । इजरायल र हमासबीच युद्धबिराम सम्झौताको प्रयासको रूपमा ती युद्धबन्दीलाई हमासले मुक्त गर्न लागेको बीबीसीले जनाएको छ ।
हमासको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पश्चिम एसिया भ्रमणको ठीक अघि आएको हो । ट्रम्प मंगलबारदेखि पश्चिम एसियाको भ्रमणमा आउँदैछन् ।
यसअघि उनलाई मुक्त गर्ने विषयमा आफूले अमेरिकी ट्रम्प प्रशासनका अधिकारीसँग कतारमा प्रत्यक्ष वार्ता गरेको हमासले बताएको थियो ।
इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले अमेरिकी–इजरायली बन्धक एडन एलेक्जान्डरलाई छिटो रिहा गर्नसक्ने बताएको थियो ।
आइतबार वक्तव्य जारी गर्दै हमासले इजरायली सैनिक एडन एलेक्जान्डर (जो द्वैध अमेरिकी नागरिक हुन्) रिहा गर्नु युद्धविरामको सम्झौताको एक अंश हुने बताएको छ ।
सामाजिक संजालमा पोष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि एलेक्जान्डर कब्जा मुक्त हुन लागेको बताए ।
इजरायलको तेलअभिभमा जन्मिएका एडन एलेक्जान्डर द्वैध नागरिक हुन जो सँग अमेरिकी र इजरायली नागरिकता छ । इजरायली सेनामा सेवा गर्दै थिए । उनी गाजानजिकको क्षेत्रमा तैनाथ थिए ।
हमासले उनलाई ७ अक्टोबर २०२३ मा अपहरण गरेको थियो ।