
काठमाडौं । एलेजान्डर सोर्लोथ एक्लैले चार गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले रियाल सोसिडाडविरुद्ध ४–० को फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु मैदान मेट्रोपोलिटानोमा सोर्लोथले कुल २७ मिनेटमा चार गोल गरे ।
उनले खेलको सातौँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रतामा राखेका थिए । १०औँ मिनेटमा सोर्लोथले घरेलु टिमको अग्रता दोब्बर बनाए । त्यसको अर्को मिनेटमा नै सोर्लोथले ह्याट्रिक गरे । उनले ३०औँ मिनेटमा चौथो गोल गरेसँगै एट्लेटिकोले सहज जितसहित तीन अंक निश्चित गरेको हो ।
ला लिगामा एट्लेटिकोको यो २०औँ जित हो । तालिकाको तेस्रो स्थानमा रहेको एट्लेटिकोले ३५ खेलबाट ७० अंक जोडेको छ । यो शीर्ष स्थानमा आसीन बार्सिलोनाको भन्दा नौ अंक कम हो । ३४ खेलबाट ७९ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ ।
ला लिगामा अब एट्लेटिकाले यो सिजन तीन खेल मात्र खेल्न बाँकी छ ।