site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय सेनाले पञ्जाबमा हवाई सुरक्षा प्रणाली सक्रिय गरायो

काठमाडौं । पञ्जाब राज्यमा पनि भारतीय सेनाले हवाई सुरक्षा मिसाइल प्रक्षेपण गरिरहेको राज्यका एक प्रहरी अधिकारीले सीएनएनलाई बताएका छन् ।

पठानकोट सहरका वरिष्ठ प्रहरी अधिकारी दलजिन्दर सिंह ढिल्लोनले भने, “विरोधीतर्फबाट पनि गोलाबारी भइरहेको छ, तर यो ड्रोन हो वा अन्य कुनै चिज हो भन्ने स्पष्ट छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले बताएअनुसार, हवाई सुरक्षा प्रणाली सक्रिय छ र विस्फोटनको आवाज निरन्तर आइरहेको छ ।

ढिल्लोनले सीएनएनलाई भने, “हाम्रो काम जनतालाई सुरक्षित राख्नु हो, त्यसैले हामीले तुरुन्तै ब्ल्याकआउट गराएर मानिसहरूलाई घरभित्र रहन निर्देशन दिएका छौँ ।”

भारतीय सेनाका एक प्रवक्ताले सीएनएनलाई जानकारी दिएअनुसार जम्मू सहरमा पनि वायु सुरक्षा प्रणाली सक्रिय छ ।

स्थानीय समयअनुसार बिहीबार राति ८ बजेदेखि ब्ल्याकआउट लागु गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २२:५५
प्रतिक्रिया दिनुहोस्