site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा सैन्य तालिम लिएका पूर्वसेनाको भेला, पूर्वप्रधानसेनापति पनि सहभागी

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानको दूतावासमा पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थामा सैन्य तालिम लिएका नेपाली सेनामा पूर्वछात्रको भेला आयोजना गरिएको छ । बिहीबार आयोजित भेलामा पूर्वप्रधानसेनापति गौरव शमशेर राणा प्रमुख अतिथि थिए । पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री विशेष अतिथि थिए ।

नेपाल भ्रमणमा रहेको राष्ट्रिय रक्षा विश्वविद्यालय (एनडीयू), पाकिस्तानको प्रतिनिधिमण्डल पनि भेलामा सहभागी थियो ।

भेलामा पाकिस्तानी दूतावासका सैनिक सहचारी कर्णेल मुहम्मद अली अल्वीले नेपाल र पाकिस्तानी सैनिकबीचको सम्बन्ध र प्रशिक्षणबारे प्रकाश पारेका थिए । उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानी सशस्त्र बलले निरन्तर सघाउने बताए ।

पूर्वप्रधानसेनापति राणाले पाकिस्तानी संस्थामार्फत नेपाली सेनाको क्षमता अभिवृद्धिजस्ता कार्यक्रमले समग्र संस्था र संलग्न व्यक्ति दुवैका लागि ठूलो महत्त्व राख्ने बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाशमीले आपसी हित र विश्वासका आधारमा नेपाल र पाकिस्तानबीच मजबुत सम्बन्ध रहेको बताए । उनले दुई देशबीचको विद्यमान सैन्य सम्बन्ध निरन्तर बढ्दै जाने र नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro