site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्ज र ब्वाइज युनियन बराबरीमा रोकिए 

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लब र वीरगन्ज युनाइटेडबीचको खेल ३–३ को बराबरीमा टुंगिएको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा वीरगन्जले तीन गोलको अग्रता बनाएको थियो । ब्वाइज युनियनले खेलमा पुनरागमन गर्दै बराबरी गरेको हो ।

खेलको चौथो मिनेटमा वीरगन्जले एक आत्मघाती गोल उपहार पायो । यद्यपि, वीरगन्जले अग्रता लामो समयसम्म जोगाउन सकेन । 

सातौँ मिनेटमा ब्वाइज युनियनले सुजित बुढाथोकीको खेलमा पुनरागमन गर्‍यो । १९औँ मिनेटमा अमित बछारले गोल गर्दै वीरगन्जलाई २–१ को अवस्थामा ल्याए ।

दोस्रो हाफमा ब्वाइज युनियनले खेलमा पुनरागमन गर्‍यो । ५६औँ मिनेटमा दोर्जे तामाङले टोलीका निम्ति बराबरी गोल फर्काए ।

८४औँ मिनेटमा वीरगन्जका अमर डंगोलले टोलीको अग्रतालाई ३–२ सम्म पुर्‍याए । वीरगन्जले यो अग्रता पनि लामो समयसम्म जोगाउन सकेन । इन्जुरी टाइममा ब्वाइज युनियनका दिव्यविक्रम चौधरीले टोलीलाई खेलमा फर्काए ।

बराबरीसँगै दुवै टालीले समान एक अंक जोडेका छन् । लिगको तेस्रो स्थानमा रहेको वीरगन्जले कुल १० खेलमा चार जित, तीन बराबरी र तीन हारसहित १६ अंक बनाएको छ । 

त्यस्तै, ब्वाइज युनियनले पनि कूल १० खेलमा चार जित, तीन बराबरी र तीन हारबाट १६ अंक बनाएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro