
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा फुटबल क्लबले बाँसबारी क्लबविरुद्ध सहज जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा झापाले बाँसबारीविरुद्ध २–० को सहज जित निकालेको हो ।
झापाको जितमा असिमजंग कार्की र शेरबहादुर धिमालले समान एक गोल गरे । जवाफमा झापाले एक गोल पनि फर्काउन सकेन । खेलको नवौँ मिनेटमा शेरबहादुरले टोलीलाई अग्रता दिलाए । ९०औँ मिनेटमा असिमजंगले अग्रतालाई दोबर बनाउँदै टोलीको जित सुनिश्चित गरे ।
जितसँगै झापा नवौँ स्थानमा उक्लेको छ । झापा तेस्रो जित निकाल्दै कुल १० खेलमा तीन जित, तीन बराबरी र चार हारसहित नवौँ स्थानमा उक्लेको हो ।
पराजित बाँसबारी भने समान १५ अक बनाए पनि गोलअन्तरको आधारमा पाँचौँ स्थानमा झरेको छ । एक गोलले पछि पर्दै बाँसबारीले कुल १० खेलमा पाँच जित र पाँच हारसहित १५ अंक बनाएको हो ।