site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्सामा ट्याक्टर दुर्घटना : दुईजनाको मृत्यु, एक घाइते
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वीरगञ्ज (पर्सा) । पर्सामा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

वीरगञ्ज महानगर–२८, बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना५त ९९४१ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो १:३० बजे भेडाहा खोलामा पल्टिँदा दुईजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिए ।

मृत्यु हुनेमा वीरगञ्ज महानगर–२८, बगहीका शिवु  पटेल (राउत) र सोही ठाउँका आकाश पटेल (राउत) रहेका छन् । सोही ठाउँका जयकुमार पटेल भने घाइते भएका छन् । मृत्यु भएका दुवैजनाको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्