site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय आक्रमणको विरोध जनाउँन पाकिस्तानले भारतीय मिसन प्रमुखलाई बोलायो

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले बुधबार भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा गरेको हवाई आक्रमणको औपचारिक विरोध गर्न इस्लामाबादस्थित भारतीय कूटनीतिक मिसन प्रमुख (चार्ज डी अफेयर्स) लाई मन्त्रालयमा बोलाएको छ । 

“भारतले गरेको यो सैन्य आक्रमण पाकिस्तानको संम्प्रभुताको उल्लंघन हो । यस्तो कार्य संयुक्त राष्ट्रसंघको चार्टर, अन्तर्राष्ट्रिय कानुन र देशहरूबीचको सम्बन्ध नियमन गर्ने स्थापित मान्यताहरूको पनि विरुद्धमा छ,” पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, “पाकिस्तानले भारतले आफ्नो शत्रुतापूर्ण व्यवहारको लागि दिएका निराधार तर्कहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाकिस्तानले भारतको हवाई हमला बिना कुनै कारण चालिएको कदम भन्दै यसले महिला र बच्चाहरूसमेत केही नागरिकहरूको मृत्यु भएको दाबी गरेको पाकिस्तानको डन अनलाइनल जनाएको छ ।

भारतको यो सैन्य कारबाहीले क्षेत्रीय शान्तिलाई गम्भीर असर पुर्‍याएको विदेश मन्त्रालयले चेतावनी दिएको छ ।

भारतको पाकिस्तानमा कूटनीतिक मिसन प्रमुख पहिले हाई कमिसनर हुने गरेकोमा सन् २०१९ मा दुई देशबीच भएको तनावपूर्ण स्थितिपछि उनीहरूले एक–अर्कासँगको कूटनीतिक सम्बन्ध घटाएर हाई कमिसनरहरू फिर्ता गरिएको थियो । त्यसपछि चार्ज डी अफेयर्स नै मिसन प्रमुखको भूमिकामा रहँदै आएका छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्