site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाश ज्वालाको टिप्पणी– सिंहदरबारलाई जेलजस्तो बनाइयो 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सिंहदरबार प्रवेशमा जनतालाई सहज बनाउन माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा उनले सिंहदरबारलाई जेलजस्तो बनाइएको टिप्पणी गरे । “कुशासनको ज्युँदो नमुना सिंहरदरबारको गेटमा देखिन्छ । मन्त्री, सांसद कर्मचारी प्रवेश गर्ने दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भने, “मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, सिंहदरबारलाई चार दिवार र फलामे गेटले घेरेर जेलजस्तो बनाउने र जनतालाई प्रवेश गर्न निषेध गर्ने कार्य स्वीकार्य छैन ।”

पूर्वमन्त्रीसमेत रहेका ज्वालाले सिंहदरबार जनताका लागि खुला गर्न माग गरे । “मन्त्रीहरू कालो सिसावाल गाडीमा भित्र पस्ने जनता घाममा बस्दै पासको लागि कसैको निगाह पर्खंदै गेटबाहिर तड्पिनुपर्ने अन्त्य गरियोस्,” उनले भने,“ मुख्य प्रशासनिक सिंहदरबारको गेट खुला गरियोस् । जनतालाई तत्काल आफ्नो मन्त्रालयमा सहज प्रवेशको व्यवस्था गरियोस् ।” 

उनले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो भन्दै प्रश्न गरे । प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गर्न माग गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro