site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदीप नेपालकाे पार्थिव शरीर एमाले कार्यालयमा नराखिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं ।  वामपन्थी नेता प्रदीप नेपालकाे पार्थिव शरीर नेकपा एमालेको कार्यालयमा नलगिने भएको छ ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको भए पनि परिवारले नेता नेपालको इच्छापत्रअनुसार पार्टीको झन्डा नओढाउने र श्रद्धान्जलीका लागि नराखिने अडान राखेपछि यसअघिको निर्णयमा पुनरवलोकन गरिएको एमाले नेताहरूले जनाएका छन् ।

उपचारकै क्रममा केहीबेरअघि नर्भिक अस्पतालमा निधन भएका प्रदीप नेपालको आजै पशुपतिमा दाहसंस्कारको तयारी हुँदैछ । भतिजा महेश नेपालका अनुसार बेलुका ६ बजे विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्ने तयारी छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्