site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको प्रश्न– आफ्नै सम्पत्ति सार्वजनिक नगर्ने प्रधानमन्त्रीले कस्तो सुशासन दिने हो ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारले सुशासन दिन नसक्ने बताएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले सम्पत्ति विवरण सार्वजनिक गर्ने भनेर प्रश्न गरे ।

“वैशाखको दोस्रो हप्ता म मेरो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै गर्दा अधिकांश कांग्रेस–एमालेलाई भोट दिने जनताको एउटै प्रश्न सोधिदिन मलाई आग्रह गर्नुभएको थियो । सुशासन र पारदर्शिताको खोक्रो नारा दिने हाम्रा प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रिपरिषद्को सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छैन भने उहाँले आफ्नो नेतृत्वमा बनाएको सुशासन आयोगले कस्तो सुशासन दिन्छ भनेर हामीले परिकल्पना गर्ने ?,” पराजुलीले प्रश्न गरे ।

उनले अगाडि थपे, “प्रधानमन्त्रीको नैतिकतामाथि उठेको प्रश्नको जवाफ म यस सम्मानित सदनमा सोध्न चाहन्छु– तपाईं आफू र आफ्नो मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण कहिले सार्वजनिक गर्नुहुन्छ ?”

सुशासन ऐनले सार्वजनिक पदमा बसेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गरे पनि वर्तमान मन्त्रिपरिषद्का कुनै पनि सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro