site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीमती हत्या गर्न ‘सुपारी’ दिएका कँडेल कसरी आफैँ मारिए ?

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ का चुडामणि कँडेल गएको चैत २७ गते आफ्नै घरको शौचालयमा मृत फेला परेका थिए । ६० वर्षीय कँडेल घाँटीमा डोरी कस्सिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । धादिङ प्रहरीले वाग्मती प्रदेश प्रहरी कार्यालयको सहयोगमा घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धानमा क्रममा कँडेलको हत्या भएको खुल्यो । त्यो पनि आफ्नै श्रीमतीको हत्याका लागि ‘सुपारी’ लिएकाहरूबाटै ।

श्रीमती सुस्मिता सिलवालसँग बोलचालै बन्द हुने गरी सम्बन्ध बिग्रिएपछि चुडामणिले हत्याको योजना बनाएको खुलेको धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले बताए । “मृतक चुडाँमणि र उनका श्रीमती सुस्मिता सिलवालबीच बोलचालै बन्द हुने गरी सम्बन्ध बिग्रेको रहेछ । आफ्नै श्रीमती मार्न मृतक कँडेलले योजना बनाएर ‘सुपारी’ दिएको अनुसन्धानका क्रममा खुलेको छ,” डीएसपी हमालले भने ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कलबहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

प्रजालाई वैशाख ३ गते डुँडेठाँटीबाट, थिङ र मुक्तानलाई वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ गरिएको हो । तीनैजनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी हमालले बताए ।

प्रहरीका अनुसार चुडामणिले श्रीमतीको हत्याका लागि प्रजालाई चार लाख रुपैयाँ ‘सुपारी’ दिएका थिए । प्रजाले थिङ र मुक्तानको पनि साथ लिएका थिए ।

उनीहरूले सुस्मिताको हत्या गर्न धेरै पटक प्रयास गरे । लामो समयसम्म पनि हत्याको प्रयास सफल हुन सकेन । उनीहरूको योजना विफल बन्यो ।

यता, श्रीमतीको हत्या गर्न सुपारी लिएकाले काम गर्न नसकेपछि कँडेलले आफूले दिएको चार लाख रुपैयाँ फिर्ता गर्न दबाब दिएको अनुसन्धानका क्रममा खुलेको छ । “पटकपटक दबाब आएपछि सुपारी दिने कँडेलको नै हत्या गर्ने योजनामा प्रजा, थिङ र मुक्तान पुगेको अनुसन्धानका क्रममा देखियो, सोही अनुरुप कँडेलकै घरमा गएर हत्या गरेको खुलेको छ” डीएसपी हमालले भने ।   

प्रहरीले मृतकको घाँटीमा कसेको डोरी, घटनामा प्रयोग भएको कोदालो, प्रजाको कोठाबाट कँडेलले दिएको एक लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा, जुत्ता र कम्ब्याट हाफ पाइन्ट, आरोपीहरूले मृतक कँडेलको फुटाएर फालेको फोन प्रहरीले बरामद गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro