देश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेठ २ गतेदेखि 'मध्यपहाडी लोकमार्ग अभियान' चलाउने निर्णय भएको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बसेको सचिवालय बैठकले आगामी जेठ २ गतदेखि अभियान चलाउने निर्णय गरेको हो ।
बैठकले यसअघि सञ्चालन भएको हुलाकी मार्गकेन्द्रित 'जनतासँग माओवादी : तराई मधेस जागरण अभियान'ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको निष्कर्ष निकालेको छ ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार, लोकमार्ग अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे पनि छलफल भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ १६:४१
प्रतिक्रिया दिनुहोस्