site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने
बबई नदी र आसपासको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार ८) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन इलाम, पाँचथर, धनकुटा, उदयपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, दाङ, प्युठान, सल्यान, रोल्पा, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, सुनसरी, मोरङ, जाजरकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । केही साना नदीमा आकस्मिक बाढीको जोखिम महाशाखाले पूर्वानुमान गरेको छ ।

आइतबार बिहान कोसी, कर्णाली, नारायणी, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ ।

b1-1750563510.jpg

b2-1750563510.jpg

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्