site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक कदम अगाडि बढ्नुपर्थ्यो, सरकार चुक्यो : डा. महत 

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम परम्परागतभन्दा एक कदम अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको प्रतिक्रिया दिएका छन् । 

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समग्रमा भने राम्रो रहेको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम मूलभूत रूपमा कार्यान्वयनमा निर्भर रहने र बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुने बताए । 

उनले भने, “नीति कार्यक्रम समग्रमा परम्परागतभन्दा एक कदम अगाडि बढ्नुपर्थ्यो, त्यसो हुन सकेन । तर समग्रमा ठीक छ । मूलभूत रूपमा कार्यान्वयनमा निर्भर रहन्छ । बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुन्छ ।”

कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्र सहयोग गर्ने कुरा प्राथमिकताका साथ नआएको उनले बताए । शिक्षकका सुविधा बढाउने कुरा आएकाले शिक्षाको गुणस्तर बढाउने विषयमा पनि गम्भीर हुनुपर्ने उनको सुझाव छ । 

अर्थतन्त्र चलायमान बनाउन सडक, सिँचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रूपमा आउनुपर्नेमा त्यसो हुन नसकेको उनले औँल्याए । “स्वास्थ्य क्षेत्रमा पनि जुन रूपमा जानुपर्ने हो, त्यो व्यवहारमा जान समस्या हुन्छ,” उनले थपे, “योभन्दा एक कदम अघि बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro