site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकअर्काविरुद्धको व्यापारिक प्रतिबन्धपछि भारत र बंगलादेशबीच सम्बन्ध चिसिँदै

काठमाडौं । भारत र बंगलादेशबीच महिनौँदेखि वक्तव्यवाजी चलिरहेको थियो । लामो समयदेखि चलेको मौखिक युद्धपछि अहिले दुई देशले एकअर्काविरुद्ध व्यापारिक प्रतिबन्ध लगाउने कदमसम्म विस्तार भएको छ । 

भारत र बंगलादेशले एकअर्काविरुद्ध व्यापारिक प्रतिबन्ध लगाएपछि दुवै देशका व्यवसायीहरू यसको सम्भावित प्रभावबाट बच्न तयारी गरिरहेको बीबीसीले जनाएको छ ।

गत महिना बंगलादेशले भारतको सस्तो धागो आयातबाट स्थानीय उद्योगलाई सुरक्षा दिन भारतबाट कपास धागोस्थल भन्सार बिन्दुबाट आयात गर्न प्रतिबन्ध लगायो । 

बंगलादेशको यो कदम भारतले बंगलादेशलाई यसअघि दिँदै आएका ट्रान्ससिपमेन्ट सुविधा खारेज गरेको बिरोधमा आएको हो । 

भारतले बंगलादेशलाई तेस्रो देशहरूलाई आफ्नो बन्दरगाह र विमानस्थलमार्फत माल ढुवानी गर्न दिने सुविधा (ट्रान्ससिपमेन्ट) अचानक रोकेको थियो ।

गतवर्षको अगस्टमा देश्व्यापी प्रदर्शनपछि पूर्वप्रधानमन्त्री शेख हसिना पदच्युत भएदेखि दुवै देशबीच सम्बन्ध खराब भएको छ । उनी हाल भारतमा निर्वासित छिन् । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार कार्यरत छ । 

उक्त घटनापछि बंगलादेशले मानवताविरुद्ध अपराध, कालोधन र भ्रष्टाचारको आरोपमा हसिनालाई आफ्नो देश फर्काइदिन माग गरेको छ । हसिनाले भने उक्त आरोप खारेज गर्दै आएकी छिन् । भारतले यसमा आधिकारिक प्रतिक्रिया भने दिएको छैन ।

बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमा हुने आक्रमणको समाचारलाई भारतले बारम्बार आलोचना गरेको छ । हालै उसले एक हिन्दु नेताको हत्या सम्बन्धी हिन्दुमाथिको उत्पीडन भनेर टिप्पणी गरेको थियो ।

मुस्लिम देश बंगलादेशले अल्पसंख्यक हिन्दुलाई निशाना बनाइएको आरोप खारेज गर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro