site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोजगारी वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन देउवाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा देउवाले स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमै रहने वातावरण बनाउनुपर्ने बताए ।

उनले नेपालको संविधानले रोजगारी र श्रमिकको हक र उचित पारिश्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको उल्लेख गरे ।

"नेपालको संविधानले रोजगारी र श्रमिकको हक र उचित पारिश्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐनलगायतका कानुनहरू नेपाली कांग्रेसको सरकार रहेकै बेलामा आएका हुन्," उनले भने ।

स्थानीय तहमा श्रम डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारबाट पहल गर्न आवश्यक रहेको देउवाको भनाइ छ।

"म प्रधानमन्त्री भएको समयमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भएको पनि हो । सामाजिक सुरक्षाले श्रमिकहरूको आफ्नो सम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्छ । स्थानीय तहमा श्रम डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारबाट पहल गर्न आवश्यक छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro