site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठौँ चरणमा पनि प्लानिङकै दबदबा, आरसीटीलाई रेलिगेसनको डर 

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगको आठौँ चरण सम्पन्न हुँदा प्लानिङ ब्वाइजले शीर्ष स्थान कायमै राखेको छ । गएको सोमबार लिगअन्तर्गत प्लानिङ ब्वाइज युनाइटेडले वीरगन्जविरुद्ध १–० को कठिन जित निकालेसँगै आठौँ चरण समाप्त भएको हो ।

प्रतियोगिताको यो चरण वैशाख ११ गते देखि १५ गतेसम्म सञ्चालन भएको थियो । यस चरणका सातवटै खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको खेल मैदानमा सञ्चालन भएको थियो । यस चरणमा कुल ११ गोल भए ।

प्लानिङको उत्कृष्ट लय कायमै
लिगमा पहिलो चरणदेखि नै अपराजित प्लानिङ ब्वाइजले यस यात्रालाई आठौँ चरणमा पनि कायम राख्न सफल भयो । प्लानिङले आठ खेलमध्ये एकमा बराबरीसँगै सात जित निकाल्दै शीर्ष स्थान कायम राखेको हो । प्लानिङले २२ अंक बनाएको छ ।

उपाधि दौडमा प्लानिङलाई पछ्याइरहेको श्री भगवती क्लब पनि अपराजित छ । श्री भगवतीले कुल आठ खेलमा पाँच जित र तीन बराबरीबाट कुल १८ अंक बनाएको छ ।

Sahid-Smarakkk-(5)-1746005912.png
प्लानिङ ब्वाइज लिग लिडर बन्दा रानीपोखरी कर्नर टिम (आरसीटी) अंक तालिकाको पुछारमा छ । अघिल्लो सिजनमा खुमलटार एफसीसँग गोल अन्तरका आधारमा शीर्ष डिभिजनमा बढुवा हुनबाट चुकेको आरसीटी यस संस्करणको आधा सिजनसम्म आइपुग्दा 'रेलिगेसन जोन'मा परेको हो । आरसीटी कुल आठ खेलमा एक जित, दुई पराजय र पाँच हारसहित पाँच अंक बनाउँदै रेलिगेसन जोनमा सीमित छ ।

उच्च गोलकर्तामा फागुराम थारू
लिगले आठौँ चरणसम्म आइपुग्दा प्रतियोगिताले ११२ गोल पाइसकेको छ । लिगको पहिलो चरणमा कुल १५, दोस्रोमा १८, तेस्रोमा १४, चौथोमा १८, पाँचौमा ११, छैटौँमा १५, सातौँमा १० र आठौँ चरणमा ११ गोल भएका थिए ।

उच्च गोलकर्ताको दौडमा प्लानिङकै फागुराम थारू सबैभन्दा अघि छन् । फागुरामले टोलीका निम्ति आठ खेलमा कुल सात गोल गरेका छन् । सोमबार पनि उनकै पेनाल्टी गोलमा प्लानिङले जित पक्का गरेको थियो ।

फागु रामलाई पछ्याउदै चार गोल गरेका बाँसबारी क्लबका सन्दीप लामा दोस्रो उच्च गोलकर्ता बनेका छन् । सन्दीपपछि बाँसबारीकै बिक्की राई, श्री कुमारीका यमन मर्हजन, झापाका पुजन राई, ब्रिगेड ब्वाइजका आशिष गुरुङ, प्लानिङ ब्वाइजका सुजन डंगोल, श्री भगवतीका बिक्रान्त नरसिंह रानाले समान तीन गोल गरेका छन् ।

Sahid-Smarakkk-(2)-1746005909.png
त्यसैगरी, सरस्वतीका विशेष लामा, धिरेन्द्रबहादुर शाह, ब्वाइज युनियनका दिव्यविक्रम चौधरी, सञ्जीव लामा, श्री भगवतीका सुलेमान थापा मगर,अमित लामा, उजल राई, झापाका प्रदीप बुढाठोकी, ब्रिगेड ब्वाइजका बिजय उर्न, च्यासलका निरज कार्की, आशिष थारू, वीरगन्जका विवेक  चौधरी, कृपाकान्त महतो, विकास दास थारू, बाँसबारीका सरोज दर्लामी, आरसिटीका सुदीप लामा, श्री कुमारी क्लबका विनोद धमला र सुजन माझीले समान दुई गोल गरेका छन् ।

प्रतियोगितामा हालसम्म ४४ खेलाडीले समान एक गोल गरेका छन् । हालसम्म कुल तीन खेलाडीबाट आत्मघाती गोल भए ।

Sahid-Smarakkk-(3)-1746005909.png
एक खेलाडीले नवौँ चरण गुमाउने
ब्रिगेड ब्वाइज क्लबका विशाल सुवेदीले नवौँ चरण गुमाउने भएका छन् । आठौँ चरणमा मध्यपुरविरुद्धको खेलमा रातो कार्ड पाएका विशालले नवौँ चरण गुमाउने भएका हुन् । उनले अब नवौँ चरणअन्तर्गत ब्वाइज युनियनविरुद्धको खेल गुमाउने छन् । 

यस्तो छ तालिका
आठौँ चरणसम्म आइपुग्दा प्लानिङले कुल आठ खेलमा सात जित र एक बराबरीसँगै २२ अंक बनाउँदै लिगमा शीर्ष स्थान कायम राखेको छ । प्लानिङसँग दुई अंकको अन्तरमा श्री भगवती क्लब टोखा १८ अंकका साथ दोस्रो स्थानमा छ ।

तालिकाको तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानका टोलीले समान १२ अंक बनाएका छन् । तालिकामा क्रमशः वीरगन्ज, बाँसबारी कलब, ब्वाइज युनियन क्लब, ब्रिगेड ब्वाइज क्लब र श्री कुमारी क्लब छन् । 

Sahid-Smarak-1746005879.jpg
च्यासल ११ अंकसहित आठौँ स्थानमा झरेको छ । झापा नौ अंक बटुल्दै नवौँ स्थानमा छ । नयाँ बस्ती युथ क्लब गोल अन्तरमा मध्यपुरलाई पछि पार्दै १०औँ स्थानमा छ । समान अंकको मध्यपुर ११औँ स्थानमा छ । श्री टुसाल युवा क्लब सात अंकाका साथ १२औँ स्थानमा छ । सरस्वती युथ क्लब र आरसीटी रेलिगेसन जोनमा छ । १३औँ स्थानको सरस्वतीले ६ र पुछारका आरसीटीले पाँच अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro